आचारसंहिताप्रति असहमति जनाउँदै एमालेले आयोगलाई ज्ञापनपत्र बुझाउने

काठमाडौँ । नेकपा एमालेले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका केही बुँदाहरूप्रति असहमति जनाउँदै आयोगलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

बिहीबार दिउँसो एमाले महासचिव शंकर पोखरेलको नेतृत्वको प्रतिनिधि मण्डल आयोग पुगेर आचारसंहिताका केही प्रावधानबारे असहमति जनाउदै ज्ञापनपत्र बुझाउन लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

‘निर्वाचन आयोगले आचारसंहिताका नाममा केही उटपट्याङ कामहरु गरेको छ । त्यसमा हाम्रो पार्टीका केही असहमतिका बुँदाहरु छन् । त्यसबारेमा आयोगलाई ज्ञापनपत्र बुझाउँदैछौ’, उपप्रमुख रिजालको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार