कानुनमन्त्रीमा बन्दी नियुक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाउनुभएको छ । उहाँको शपथ राष्ट्रपति कार्यालय दिउँसो २ बजेका लागि राखिएको छ ।

प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाउनुभएको हो । उहाँले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेल्नुभएको थियो ।

यसैबीच हाल कानुन मन्त्री रहेका दिलेन्द्र प्रसाद बडूको मन्त्रालय परिवर्तन भएको छ । उहाँलाई देउवाले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएको काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताउनुभयो । काँग्रेस र गठबन्धनभित्र छलफलपछि यो निर्णय लिइएको उहाँको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार