आगामी निर्वाचनमा पुरा नहुने घोषणापत्र नबनाउनुस् : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महाअधिवेशनका तिक्तता विर्सेर पार्टीलाई एक ढिका बनाउन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

बिहीबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै डा.कोइरालाले कांग्रेस एक भए कसैले पनि निर्वाचनमा हराउन नसक्ने भएकाले सबैलाई एक जुट हुन आग्रह गर्नुभएको हो ।

‘भर्खरै सम्पन्न महाअधिवेशनका तिक्ततालाई विर्सेर एक ढिका हुन सबैलाई आग्रह गर्दछु’ कोइरालाले भने‘कांग्रेस एकजुट भए निर्वाचनमा कसैले हराउन सक्दैन।’ डा.कोइरालाले आसन्न निर्वाचनमा बास्ताविकतामा आधारित घोषणापत्र बनाउन आग्रह गर्नुभयो ।

उहाँले ५ वर्षमा गर्नसक्ने काम मात्रै घोषणा पत्रमा राख्न आग्रह गर्नुभयो। ‘५ वर्षमा गर्न सक्ने काम मात्रै घोषणा पत्रमा राख्नुस् ’ कोइरालाले भन्नुभयो ‘विगतमा जस्तो घोषणा पत्र बनाएर जनतालाई भुलभुलैयामा नपार्नुस्।’ कोइरालाले देशको अवस्थालाई ध्यान दिएर फजुल खर्च नगर्न सबैलाई आग्रह गरे। ‘फजुल खर्च नगरौं ’ उहाँले भन्नुभयो‘ विलासिताका बस्तुमा गरिने खर्च शिक्षा र स्वास्थ्यमा लगानी गरौं।’

कोइरालाले संघीयता लोकतन्त्रमा मात्रै फष्टाउने भएकाले लोकतन्त्रको रक्षक कांग्रेसलाई निर्वाचनमा विजयी गराउन आग्रह गर्नुभयो। उहाँले कम्युनिष्टहरू विकासका सपना बांड्ने तर, काम नगर्ने भएकाले कम्युनिष्टहरूले सपना बाँडेको सँधै जतनाले नपत्याउने बताउनुभयो । आमसभालाई नेताहरू महेश आचार्य, डा.मिनेन्द्र रिजाल,अमृत अर्याललगायतले सम्बोधन गर्नुभएको थियो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार