रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्ष पदमा श्रेष्ठको स्वतन्त्र उम्मेदवारी

म्याग्दी। अगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिको वडाअध्यक्षमा रन्जना श्रेष्ठले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नुभएको छ ।

सामाजिक संघसंस्थामा सक्रिय श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत आइतबार वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो ।पाचँ बर्षभित्र सुधार गर्नुपर्ने कामहरु सार्वजनिक गर्दै २३ बर्षिय श्रेष्ठले उम्मेद्वारी सार्वजनिक गरेकी हुन् । म्याग्दी बहुमुखि क्याम्पसमा स्नातक तहमा अध्ययनरत श्रेष्ठले भगवतिमा शैक्षिक रुपान्तरणका लागि स्वतन्त्र उम्मेदवारी रहेको घोषणा पत्रमा उल्लेख छ ।

कुनैपनि सन्तानको शिक्षाको चिन्ताले गाउँ छोडेर बसाँईसराई गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र भगवतिको समयानुकूल विकासका लागि अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।

लामो समयसम्मसामाजिक कार्यमा आवद्ध रहेर सिकेको ज्ञान र सिपलाई उचित प्रयोग र सहकार्य गरेर भगवतिको सन्तुलित विकास गर्ने प्रतिवद्धतासहित राखु भगवतीबासीलाई भोटको अपिल फेसबुकमार्फत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार