मालिकाको अध्यक्षमा एमालेबाट बेग प्रसाद गर्बुजा पुन: चुनावी प्रतिस्पर्धामा

म्याग्दी । मालिका गाउँपालकाको अध्यक्षका लागि नेकपा एमालेले फेरी पनि बेग प्रसाद गबुर्जालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
मंगलबार दरवाङमा बसेको पालिका कमिटीको बैठकले गर्बुजालाई नै सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गर्ने निर्णय गरेको हो ।

मालिका गाउँपालिका ७ बिम निबासी गर्बुजा नेकपा एमाले पालिका गाउँपालिका कमिटीका अध्यक्ष हुनुहुन्छ । गर्बुजा २०७४ सालको स्थानीय तहको निर्वाचनमा मालिकाको अध्यक्ष पदका लागि एमालेबाट उम्मेदवार बन्नुभएको थियो । तिन दलले एक्ला एक्लै चुनाव लडेको अबस्थामा गबुर्जा नेपाली काँग्रेसका उम्मेदवार श्रीप्रसाद रोका संग ८४ मतले पराजित हुनुभएको थियो ।

तत्कालिन समयमा बिद्यालयको जागिर छोडेर चुनावमा लडेका गर्बुजा अध्यक्षमा पराजित भएपनि निरन्तर त्यस क्षेत्रका जनताको सेवामा सक्रिय रहनुभएको छ । बौद्धिक, सालिन र क्षमतावान नेता गर्बुजाले यसपटकको चुनावमा भने मालिकाबासी जनताको अमूल्य मत प्राप्त गरि पालिका अध्यक्षको जिम्मेवारीमा रहेर जनताको सेवा सहित समृद्ध पालिका निर्माण गर्ने लक्ष र उद्देश्य लिएको बताउनुभएको छ । पालिका उपाध्यक्षको उम्मेदवार भने टुङगो लागि नसकेको पालिका कमिटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार