स्थानीय तह निर्वाचन:म्याग्दीमा एमाले र माओवादी आन्तरिक छलफलमा !

म्याग्दी । म्याग्दीमा सत्तारुद्ध गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले प्रतिपक्ष नेकपा एमाले संगको आन्तरिक छलफललाई अगाडी बढाएको छ । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि पाँच दलीय गठबन्धन भित्र सिट बाँडफाँडको बिषय चलिरहँदा माओवादीले एमाले संगको छलफललाई अगाडी बढाएपछि गठबन्धन भित्रका अन्य दलहरु शंसकित भएका छन् ।

म्याग्दीमा एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुले विभिन्न चरणमा छलफल गर्दै आइरहेका छन् । माओवादी र एमाले म्याग्दीका शिर्ष नेताहरु विच विभिन्न चरणमा भएको छलफलमा आगमी निर्वाचन केन्द्रीत कुराकानी भएको स्रोतले बतायो । ‘पाँच दलीय गठबन्धनको प्रमुख घटक माओवादी केन्द्र र हाम्रो पार्टी एमालेका शिर्ष नेताहरु विच चुनाव केन्द्रीत आन्तरिक छलफल भएपनि सिट बाँडफाँडको टुंगो लागिसकेको छैन्,’एमाले म्याग्दीका एक नेताले भन्नुभयो । एमालेले माओवादीलाई माग गरे अनुसारको भाग दिएर भएपनि म्याग्दीमा पाँच दलीय गठबन्धन भत्काउने रणनिति लिएको बुझिएको छ ।

याे पनि‍‌‍‍‍‍‍‍‍‍‍‍…

https://myagdinews.com/2022/04/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%a6%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%9a%e0%a5%81%e0%a4%a8/

‘पाँच दलीय गठबन्धन भित्र चुनाव केन्द्रीत आन्तरिक छलफल चरिहेको बेला माओवादी र प्रतिपक्ष एमाले विचमा पनि छलफल हुनु सामान्य रुपमा लिन सकिंदैन् ,’ गठबन्धनका एक नेताले भन्नुभयो । स्रोतका अनुसार,पाँच दलीय गठबन्धन भित्र कांग्रेस र माओवादीको आ–आफ्नै अडानले गर्दा भागबन्दा मिलाउन समस्या भएको हो । माओवादीले मालिका गाउँपालिका अध्यक्ष पद आफुले पाउनुपर्ने दावी गर्दै आएको छ भने कांग्रेस म्याग्दीले पनि जितेको अध्यक्ष पद नछोड्ने अडान लिएपछि गठबन्धन भित्र भागबन्दा मिलाउन सकस परेको गठबन्धनका एक नेताले बताउनुभयो ।

मालिका गाउँपालिकाको अध्यक्ष पदका लागि कांग्रेस गाउँपालिका कार्यसमितिले वर्तमान अध्यक्ष श्रीप्रसाद रोका मगरलाई सर्वसम्मत उम्मेद्धार चयन गरेको छ भने माओवादीबाट जिल्ला संयोजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष रेशम जुग्जालीले दावी गर्दै आउनुभएको छ । त्यस्तै अन्य पालिकामा पनि माओवादीले प्रमुख पद सहित पचास प्रतिशत सिट बाँडफाँडको अडान राख्दै आएको गठबन्धनका ति नेताले बताउनुभयो । यता नेकपा एमालेले बेगप्रसाद गर्बुजालाई सर्वसम्मत उम्मेद्धार चयन गरिसकेको छ । त्यसैगरी मंगोल नेशनल अर्गनाइजेशनबाट खमबहादुर रोका मगरलाई अध्यक्ष पदमा उम्मेद्धारी बनाउने निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार