मंगला–१मा कांग्रेसबाट पुन वडा अध्यक्षका उम्मेद्धार,घरदैलो अभियान अभियान सुरु

बेनी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित उम्मेदवार टुङगो लगाएर घरदैलो अभियान सुरु गरेको छ ।


वडा अध्यक्ष पदका लागि री प्रसाद पुन (रविन) सर्वसम्म्त चयन हुनुभएको छ । त्यसैगरी खुल्ला सदस्यहरुमा भुपेन्द्र राम्जाली, लोकबहादुर भण्डारी, महिला सदस्यमा करिश्मा पुन र दलित महिलामा हिरा बस्याललाई उम्मेदवार बनाएसँगै घरदैलो अभियानमा लागेको वडा अध्यक्षका उम्मेदवार पुनले बताउनुभयो ।

‘टोलटोल, घरघरमा पुगेका छौ,‘पाँचबर्षको भिजन जनता माझ राखेका छौ’, अध्यक्षका प्रत्यासी पुनले भन्नुभयो । आसन्न स्थानीय तहको निर्बाचनमा जिताउनका लागि टोल टोलमा मतदाता भेटघाट कार्यक्रमलाई सक्रियताका साथ संचालन भइरहेकाले सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । सामाजिक सेवामा समेत सक्रिय पुनसंग विभिन्न संघ संस्थामा काम गरेको अनुभव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार