जनता माविका एसइईमा सहभागी हुने विद्यार्थीहरुलाई विदाई

धनिलाल गर्बुजा

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ स्थित दग्नाममा रहेको जनता माध्यमिक विद्यालयबाट एसइई परिक्षामा सहभागी हुने विद्यार्थीहरुको विदाई गरिएको छ । बुधबार एक कार्यक्रम बिच वैशाख ९ गतेदेखि सुरु भएको एसइई परिक्षामा विद्यालयबाट सहभागी हुने १० जना विद्यार्थीहरुलाई विद्यालयका व्यवस्थापन समिति शिक्षक, विद्यार्थी र शिक्षक अभिभावकहरुको तर्फबाट शुभकामना सहित विदाइ गरिएको हो ।

विद्यालयको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम सहित विद्यालयका विद्यार्थी तथा शिक्षकले मायाँको चिनो सहित फुलमाला तथा अविर लगाई सुखद् भविष्यको कामना गरेका थिए । २०६९ सालमा स्थापना भएको जनता माविमा अध्यायनरत विधार्थीहरु मध्य यो एसइई परिक्षा ८औं ब्याच हो । एसइई परिक्षा केन्द्र मुक्तिधाम माध्यमिक विद्यालय भगवतीमा सहभागी हुनेछन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका सदस्यहरु , बुद्धिजीवी, विद्यालयका प्रधानाध्यापक, सह प्रधानाध्यापक लगायत शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको प्रअ गुन पुनले जानकारी दिनु भयो ।

जिल्लामा एसइई परिक्षा सञ्चालनको लागि ९ वटा परीक्षा केन्द्र तोकिएको र यस बर्ष राष्ट्रिय परिक्षा बोर्डको परिपत्र बमोजिम सम्बन्धित परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको छ । म्याग्दीमा कुल २ हजार २ सय ४५ परिक्षार्थी मध्ये छात्र १ हजार ९५ र छात्रा १ हजार १५० जना रहेका छन् ।

विद्यालयको कक्षा ९ का विद्यार्थीहरुद्धारा आयोजित विदाई कार्यक्रममा वडा सदस्य सबिता बर्देवाको सभापतित्व, कक्षा ९ का प्रबेश पुनको स्वागत र आस्मिता सेन्चुरीको सञ्चालनमा कार्यक्रम सम्मन्न भयको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार