रघुगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले वर्तमान अध्यक्ष भण्डारीलाई दोहो¥याउने

बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष भवबहादुर भण्डारीलाई दोहो¥याउने भएको छ । विहिबार पार्टी कार्यालयमा बसेको  कांग्रेसकाे बैठकले गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्षलाई नै दोहो¥याउने निर्णय भएको कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । अध्यक्षका उम्मेद्धार अध्यक्ष भण्डारी कांग्रेस प्रदेश सभा ‘क’का उपसभापति समेत हुनुहुन्छ ।

अध्यक्षका उम्मेद्धार अध्यक्ष भण्डारीले सबैको सहयोगमा पाँच बर्षे कार्यकाल सफल भएको बताउनुभयो । उहाँले आगमी पाँच बर्षे कार्यकालमा शिक्षा , कृषि र अधुरा योजनालाई सम्पन्न गर्न प्राथमिकता दिएको बताउनुभयो । उहाँले पाँच बर्षको अवधिमा कृषि ,शिक्षा संगै स्वास्थ्यमा ग्रामिण बस्तीका लागि सात वटा सामुदायीक स्वास्थ्य इकाई स्थापना ,खानेपानी ,सडक निर्माण ,पर्यटन प्रर्वद्धन गर्ने ,गाउँपालिकाको प्रशासकीय भवन निर्माण ,स्वरोजगार ,विपद न्युनिकरण लगायत क्षेत्रमा गाउँपालिकाले काम गरेको बताउनुभयो ।

आगमी कार्यकालमा गाउँपालिका भित्र निजि स्रोतबाट संचालित विद्यालयमा प्रदेश र संघ संग समन्वय गरी शिक्षकको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो । गाउँपालिकाद्धारा भित्र तीन वटा टे«निङ सेण्टरबाट तीन सय बढीले सेवा लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार