काठमाडौं वैकल्पिक राजनीतिको केन्द्र बन्दैछ : बास्कोटा

काठमाडौं । विवेकशील साझाको तर्फबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले काठमाडौं महानगर वैकल्पिक राजनीतिको केन्द्र बन्ने बताउनुभएको छ। आइतबार आफ्नो उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै बास्कोटाले काठमाडौं महानगरबासीले परिवर्तन चाहानुभएकाले विवेकशीलका उम्मेदवारलाई विजयी गराउनेमा आफू ढुक्क रहेको बताउनुभयो ।

‘परिवर्तनको संवाहक अब महानगरबासीले देखाइदिनु हुनेछ र वैकल्पिक किल्ला पनि बन्नेछ काठमाडौं’, उहाँले भन्नुभयो, ‘किनभने काठमाडौं महानगरमा वैकल्पिक राजनीतिको केन्द्र हो भनेर यहाँका बासिन्दाले तराजु चिह्नमा मतदान गरी परिवर्तनको संवाहक बनेर देखाउनुहुनेछ ।’महानगरपालिकाको प्रमुखमा पहिलो उम्मेदवारी भने राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गर्नुभएको छ । स्वतन्त्रबाट राजन कार्कीले मनोनयन दर्ता गराउनुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार