रेफ्री संघको अध्यक्षमा गुरुङ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रेफ्री संघको अध्यक्षमा बुद्धि गुरुङ चयन हुनुभएको छ । सोमबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले गुरुङलाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो।

संघको उपाध्यक्षमा श्रीराम रञ्जितका, विनोद केसी र मधुसुदन खनाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा शैलेस जोशी, विदेन्द्रबहादुर पाण्डे, नविन्द्र महर्जन, श्रवण कुमार तामाङ, प्रकाश नाथ श्रेष्ठ, प्रदीपकुमार बस्नेत, शुक्र तामाङ र सन्तोष गुरुङ चयन हुनुभएको हो ।

महिलातर्फ कल्पना शर्मा सदस्यमा चयन हुनुभयो । एन्फाको आसन्न चुनाव असार ६ गतेबाट हुँदैछ । त्यसका लागि नयाँ कार्यसमिति चयन भएको हो । एन्फाको चुनावमा रेफ्री संघको एक जनाले मतदानको अधिकार पाउनेछ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार