गठबन्धन सही थियो भन्ने पुष्टि भयो : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन नेकपा एमालेलाई परास्त गर्न सफल भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनका विरुद्ध हाम्रो पार्टीसहितले गरेको पाँच दलीय गठबन्धन मूलतः सही थियो भन्ने कुरा राष्ट्रिय राजनीतिमा पुनः पुष्टि भएको छ ।’राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनकै कारण ‘प्रतिगमन’लाई परास्त गर्न सफलता प्राप्त भएको दाबी गरेको छ । उसले यो गठबन्धनलाई प्रदेश तथा केन्द्रीय निर्वाचनसम्म सँगै लैजानुपर्ने निर्णय गरेको अध्यक्ष केसीले बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाले पाँच दलमा आवद्ध केही दलले एमालेसँग सहकार्य गर्दा एमालेलाई लाभ पुगेको पनि निष्कर्ष निकालेको छ । गठबन्धनका कारण राष्ट्रिय जनमोर्चालाई केही लाभ भएको भन्दै उसले पहिले गाउँपालिकाको नेतृत्व मात्र पाएकमा अहिले नगरपालिकाको नेतृत्व र सहनेतृत्वमा विजय हासिल गर्न सफल भएकामा खुशी व्यक्त गरेको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ स्थित रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१,तिप्ल्याङ स्थित कालिका माध्यमिक…

thumbnail

रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगायो

म्याग्दी । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर…

thumbnail

आगामी निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन भुसालको माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…