गाडी र जिप ठोक्किँदा ५ जनाको मृत्यु

काठमाडौँ । भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा काभ्रेमा पाँच जनाको मृत्यु भएको छ। भारतीय यात्रु बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको यात्रुबहाक जिप आज मध्यान्ह १२:१५ बजे काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ स्थित बढुवेशीमा दुर्घटनामा परेको थियो।

प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ।पाँच वर्षका एक बालकसहित पाँच जनाको मृत्यु भएको छ,’ उनले भने, ‘१८ जना घाइते छन्।’युपी ५८ टी ८१८१ नम्बरको गाडी र ना १ ज ४२१० नम्बरको जिप ठक्कर खाएको थियो। दुर्घटनामा तीन यात्रुको अवस्था गम्भीर छ। ‘घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएका छौं,’ उनले भने।मृत्यु हुनेहरूको पहिचान खुलेको छैन। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। setopati

सम्बन्धित समाचार

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…

thumbnail

बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…

thumbnail

रोपाइँ गर्ने क्रममा चट्याङ लागेर किसानको मृत्यु

धनगढी । कैलालीमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो। मंगलबार बिहान गोदावरी नगरपालिका–३ मालाखेतीमा रेडियन्ट ग्यास कम्पनी…