धनगढीका मतदान अधिकृत भट्ट घाइते

धनगढी । धनगढीका मतदान अधिकृत दिजराज भट्ट मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत भट्ट दुर्घटनामा परेर घाइते भएका हुन् ।

भट्ट सवार से१प ११६८ नम्बरको मोटरसाइकलसँग सु।प ०१–००१ च२८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते भट्टलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिएका छन् । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

च्याउ खाँदा बुटवलमा १९ जना बिरामी

बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन् । उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् । बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको…

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…

thumbnail

बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…