मंगला–३ बरंजामा वडा अध्यक्षमा माओवादीका याम रोका विजयी

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ३ बरंजामा वडा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा याम रोका ७ सय ९१ मत लिएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कविन्द्र रोकाले ५ सय ७७ र नेपाली काँग्रेसका टेक बहादुर छन्त्यालले २ सय १५ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो ।

त्यस्तै महिला सदस्य भेषकुमारी पुन, दलित महिला सदस्य टिका विक, खुल्ला सदस्य नन्दलाल गिरी (हरी) र एमालेबाट कुल बहादुर थापा विजयी हुनुभएको छ । मंगला ३ बाट पालिका अध्यक्षमा नेकपा एमालेका सतप्रसाद रोकालाई ६ सय २०, काँग्रेसका विरेन्द्र बुढाथोकीलाई ३ सय १४, माओवादीका टेक बहादुर विकलाई ७ सय ९१, र राप्रपाका योगेन्द्रमान शेरचनलाई २० मत प्राप्त भएको छ ।

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका पेमा अधिकारीलाई ६ सय २५, नेपाली काँग्रेसका शर्मिला थापालाई २ सय ८५, माओवादीका सुकमाया रोकालाई ६ सय ४८ र राप्रपाका विन्दु मल्ललाई २६ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यो संगै मंगलाका ३ वडाको मतगणना सम्पन्न भएको छ । वडा नम्वर १ र २ मा नेकपा एमालेको प्यानल विजयी भईसकेका छन ।

सम्बन्धित समाचार

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…

thumbnail

मंगलाको कार्यपालिका सदस्यमा सबै एमालेका उम्मेदवार विजयी

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतबार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी…

thumbnail

मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा एमालेका २ जना निर्विरोध

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा एमालेका २ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।बुधवार मनोनयन दर्ताका दिन दलित तथा अल्पसंख्यकका तर्फबाट नेकपा एमालेका शंकर शेरचन र टेक बहादुर किसानको…