युगान्डाले नेपाललाई दियो १०३ रनको लक्ष्य

काठमाडौँ । युगान्डाले पहिलो महिला टी–ट्वान्टी अन्तर्राष्‍ट्रिय क्रिकेट नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनायो ।

युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रन जोडिन् । रिता एनयागेन्गोले १८ रन बनाउँदा केभिन अविनोले १५ रनको योगदान गरिन् । त्यस्तै जोड्दा फ्रान्कलिन नाजुम्बाले १२ रन बनाउँदा रिता मुसामालीले अविजित १३ रन जोडिन् ।

बलिङतर्फ नेपालका कविता कुँवरले दुई विकेट लिइन् । यस्तै कप्तान रुबिना क्षेत्री कविता जोशी र इन्दु बर्माले एक–एक विकेट लिइन् । नेपाल आज खेल सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।यता युगान्डा पनि जितबाट सिरिजको सुरुआत गर्न चाहन्छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

बेनीमा असार २० र २१ गते विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…

thumbnail

एनआरटीले मलेसियामा टीवाईटी कप खेल्ने

काठमाडौं । ए डिभिजन क्लब न्युरोड टिम एनआरटीले मलेसियामा हुने टीवाईटी कप फुटबलमा भाग लिने भएको छ । सोमबार बेलुकी ७ बजे मलेसिया प्रस्थान गर्ने टोलीलाई क्लबले बिदाइ गरेको छ । क्लबका…

thumbnail

सन्दीपको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा

काठमाडौँ । क्यानडाबिरुद्धको दुई एक दिवसीय खेल र आइसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ…