सुरेन्द्र पाण्डेको घोषणा : देउवाजी ! प्रचण्डसँगको प्रेम छिट्टै अंगभंग हुँदैछ

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको प्रेम छिट्टै र अंगभंग हुने बताउनुभएको छ ।

आइतबार चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले शेरबहादुर देउवाले चितवन आएर रेनु दाहाललाई भरतपुरको मेयर उम्मेदवार बनाउन आफुले नै सुझाव दिएको प्रसंग निकाल्दै उहाँहरूबीच बसेको प्रेम दिगो नहुने बरु छिट्टै टुट्ने टिप्पणी गर्नुभएको हो । शेरबहादुर देउवाजीले भन्नुभएछ ।

मेरो जोडले पो हो रेनुजीलाई मेयरको उम्मेदवार बनाएको हो । प्रचण्डजी त पर्दैन भन्दै हुनुहुन्थ्यो’, देउवाको भनाइ उदृत गर्दै पाण्डेले भन्नुभयो, ‘रेनुलाई मेयर बनाउन शेरबहादुर र प्रचण्डबीच ज्यादै ठुलो प्रेम बसेछ । यहाँहरुलाई म भन्न चाहान्छु– शेरबहादुर देउवाजी रु यो प्रेम ज्यादै छोटो छ, कमजोर छ भन्ने कुरा धेरै परसम्म पर्खनुपर्दैन ।

यो चाउरे पिरती केही दिनमै टुट्ने र अंगभंग हुनेवाला छ ।’ नेता पाण्डेले प्रधानमन्त्री पत्नी आरजु राणाप्रति पनि टिप्पणी गर्नुभयो । ‘उहाँले भन्नुभएछ हामीले चुनाव हारेका ठाउँमा बजेट दिँदैनौ । क्याबात १ यो राणाशासन होइन, यो लोकतन्त्रको युग हो । तपाईको गोजीको पैसा होइन, जनताले कर तिरेर जम्मा भएको पैसा हो, त्यसैले तपाईले छरेका भ्रम जनताले पत्याउँदैनन् ।’ रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

११.८२ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२…

thumbnail

संघ र प्रदेशको निर्वाचन मंसिर २१ गते गर्ने तयारी छ : मन्त्री चौधरी

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी…

thumbnail

मन्त्रीमा पालो पुर्‍याउने पद्धति बेठीक : दिनानाथ शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नेकपा मन्त्री हेरफेर गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय अपरिपक्व भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य शर्माले…