कोइरालाले गरे आईजीपी नियुक्तिको विरोध

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गर्नुभएको छ । वरियता र प्रक्रिय मिचेर आईजीपी नियुक्त गरिएको भन्दै उहाँले भन्नुभएको छ, ‘सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एक पटक विवादमा ल्याएको छ ।’मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार