माओवादीले चुनाव जिते राजपुरको मुहार फेरिन्छ : महरा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले दाङको राजपुर गाउँपालिका माओवादीले जितेमा मुहारै फेरिने बताउनुभएको छ । आइतबार बिहान १० बजे महरा चुनावी प्रचार गर्न राजपुर पुगेर विकट पालिकालाई समृद्धि माओवादीले मात्रै बनाउने दाबी गर्नुभयो।

चुनावी टोल भेलालाई सम्बोधन गर्दै राजपुरको विकास माओवादी बाहेक अरुले गर्न नसक्ने महराले बताउनुभयो।‘माओवादी परिवर्तनको बहाक भयो। अब विकास र समृद्धिको पहरेदार बन्ने छ। त्यसैले व्यवस्था फेरियौ अवस्था फेर्न माओवादीलाई भोट भनेर नारा नै बनाएका छौ’ महराले भने,‘राजपुरको विकास गर्न माओवादीलाई भोट दिनुस् इमान्दार नेता उठ्नु भएको छ।’ माओवादीका उम्मेदवार चक्रबहादुर खड्का‘शिखर’चुनाव जिताएमा राजपुरको सम्बन्ध सिंधै काठमाडौंसंग जोडिने महराले दाबी गर्नुभयो।

‘अहिलेसम्म राजपुरको सम्बन्ध काठमाडौंसंग कहिलै जोडिएन। त्यसैले जहिलै दाङको विकट पालिका भई नै रहयो’ महराले भन्नुभयो,‘यस पटक शिखर कमरेडलाई जिताउनुभयो भने राजपुरको सम्बन्ध काठमाडौसँग जोडिने छ।’ युद्धकालको चर्चा गर्दै महराले जनयुद्धभरी भारत जाँदा राजपुरको क्षेत्र भएर आउँने जाने गरेको बताउनुभयो।

‘राजपुर माओवादीको आधार इलाका हो। माओवादी भारत जाने आउँने प्रवेशद्धवार थियोे’ महराले भन्नुभयो,‘तर, चुनाव जहिलै काँग्रेसले जित्ने भयो अब चुनावी परिणाम फेरिन्छ ढुक्क हुनुहोस्।’ महराले पुराना कम्युनिस्ट नेताहरुलाई भेटेर चुनावमा सघाउन आग्रह गर्नुभएको छ । महराले राजपुरको गङ्दी, सालभौरी, जंग्रहवा, नौसरा, दुलैया, खरदरिया वेलामा पुगेर टोल भेलालाई सम्बोधन गर्नुभएको थियो । महरा चुनाव अवधिभर दाङ र रोल्पाका स्थानीय चुनावी प्रचारमा जुट्ने हुनुभएको छ । वैशाख ३० गते भोट हालेर मात्रै महरा काठमाडौं फर्किने हुनुभएको छ । माओवादीबाट अध्यक्षमा खड्का र उपाध्यक्षमा पुष्पा यादव उठ्नुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार