सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले आज दर्ज्यानी चिह्न लगाएका छन्।अर्याललाई गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले सोमबार बिहान सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिह्न लगाइदिएका हुन्। अर्याललाई सरकारले आइतबार महानिरीक्षकमा बढुवा गरेको थियो।

गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवामा रिक्त रहेको एआइजीको पदमा राजु अर्यालको नाम सिफारिस गरेको थियो। गत मंगलबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गरेसँगै उनी सशस्त्र प्रहरीमा आइजिपीका एक्ला दाबेदार भएका थिए। गत चैत ३० गते पुष्पराम केसी आइजिपी भएका थिए। तीस वर्षे अवधिका कारण उनले २१ दिनमा अर्थात आजबाट अनिवार्य अवकाश पाएका छन्।सशस्त्र प्रहरी नियमावलीअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई महानिरीक्षकमा बढुवा गर्नसक्ने प्रावधान छ।

अर्याल २०५४ नेपाल प्रहरीका प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। सशस्त्र मुख्यालयकै मानव स्रोत विभागमा कार्यरत् अर्यालसँग प्रदेश-२ बाहिनी र उपत्यका बाहिनीको कमाण्ड सम्हालेको अनुभव छ।त्यस्तै विभिन्न देशको शान्ति मिसनमा समेत उनले नेतृत्व गरेका छन्। सशस्त्र प्रहरी बल‍ प्रवक्ताको रूपमा काम गरिसकेका अर्याल सबैतिर राम्रो सम्पर्क भएका कमाण्डरका रूपमा चिनिन्छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार