जनकपुरको मुख्य निर्वाचन अधिकृत कार्यालयमा धर्ना बसे मेयर उम्मेदवार मनोज साह

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार उठेका मनोज साह मुख्य निर्वाचन अधिकृत कार्यालयमा धर्ना बस्नुभएको छ । नेपाली कांग्रेसका नेता साह पार्टीबाट टिकट नपाएपछि बागी उठ्नुभएको हो ।

निर्वाचन आयोगले आफूलाई प्रदान गरेको चुनाव चिन्ह नमूना मतपत्रमा र वेबसाइटमा नराखिएको भन्दै उहाँले विरोध गर्नुभएको छ।‘आधिकारिक वेबसाइटमा नमूना मतपत्रमा १७ वटा छाप मात्रै देखाइएको छ। ११ जना उम्मेदवारको चिन्ह देखाइएको छैन,’ उहाँले भन्नुभयो, ‘हिजोदेखि मैले कुरा राखेको छु, तर अहिलेसम्म राखेको छैन।’

नमूना मतपत्रमा चिन्ह नराखेको भन्दै धर्नामा बस्न बाध्य भएको उहाँले बताउनुभयो । यो गल्ती सच्याउँछौं भनिरहनुभएको छ। तर अहिलेसम्म राखेको छैन,’ उहाँले भन्नुभयो, ‘कति समय लाग्छ पनि भनेको छैन। केन्द्रको हातमा छ भनेका छन्। केन्द्रले के गर्न खोजेको होरु चुनाव प्रचार गर्नुछ, हाम्रो २४ घण्टा खेर गएको छ।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार