मोदीको कार्यकाल अर्थव्यवस्थाको बर्बादीको केस स्टडी : राहुल गान्धी

एजेन्सी । भारतमा बिजुली संकटको आरोप लगाउँदै एकपटक पुनः कांग्रेस सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशना साँधेका छन् ।  उहाँले ट्वीट गर्दै भन्नुभयो, ‘बिजुली संकट, जागिर संकट, किसान संकट, महँगी संकट ।

मोदीको आठ वर्षको कुशासन एउटा केस स्टडी हो कसरी दुनियाँको सबैभन्दा तीब्र गतिमा उदाउँदै गरेको अर्थव्यवस्थामध्ये एकलाई बर्बाद गरियो । देशका थुप्रै राज्यमा यतिबेला बिजुली संकट छ ।’

दिल्ली सरकारले त कोइलाको कमीको पनि दाबी गरेको थियो । यद्यपि, एनटीपीसीले यो दाबी खारेज गरेको थियो । यसैबीच केन्द्रीय बिजुली मन्त्री आरके सिंहले ले दिल्ली सरकारले जनतालाई भ्रमित पारिरहेको बताउनुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार