व्यक्तिले हैन नीतिले संगठन चलाउने पद्धति विकास गर्छु:आईजीपी अर्याल

काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले संगठनको मानक र सूचकलाई माथि लानेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएपछि नवनियुक्त आईजीपी अर्यालले भन्नुभयो– ‘संगठनको सूचक र मानकलाई माथि उठाउने गरी काम गर्नेछु ।’

वैशाख १८ मा मन्त्रिपरिषद्ले अर्याललाई सशस्त्र प्रहरी बलको आईजीपीमा नियुक्त गरेको थियो । संगठनमा नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै अर्यालले भन्नुभयो– ‘सरुवा बढुवालाई न्यायोचित बनाउन आवश्यक मापदण्ड बनाएर लागू गर्नेछु, व्यक्तिले होइन नीतिले संगठन चलाउने प्रणाली विकास गर्नेछु ।’

४ वर्षको कार्यकालमा आर्थिक पारदर्शिता आफ्नो मुख्य लक्ष्य हुने उल्लेख गर्दै उहाँले सम्वृद्धिको जनअपेक्षा पुरा गर्न गृहप्रशासन सुधार कार्ययोजनाअनुसार सशस्त्र बलको भूमिका पुरा गर्न आफु प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । सशस्त्र प्रहरीलाई डिजिटल प्रणाालीमा लाने उद्घोष गर्दै अर्यालले चोरी र तस्करी नियन्त्रणमा ध्यान दिने बताउनुभयो । उहाँले भन्नुभयो–‘भावी नेतृत्व तयार गर्नका लागि ठोस पहल गर्ने मेरो कार्ययोजना छ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार