दीपकराज गिरीको व्यङ्ग्य: शेरबहादुर प्रधानाध्यापक भएको भए थर्डलाई फर्स्ट ब्वाइ बनाइदिने रहेछन्

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बढुवाप्रति अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।दुईजना सिनियर अतिरिक्त महानिरीक्षक (एआइजी)लाई पन्छ्याएर जुनियर एआइजी धिरजप्रताप सिंहलाई आइजीपी बनाइएकोप्रति विभिन्न दलका नेतारकार्यकर्तादेखि सर्वसाधारणले विरोध जनाइरहेका छन् ।

प्रहरीको आइजीपी बढुवा प्रकरणमा अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि व्यङ्ग्य गर्नुभएको छ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो व्यक्तिलाई आइजीपी बनाएको भन्दै व्यङ्ग्य गर्नुभएको छ। गिरीले सामाजिक सञ्जालमा लेख्नुभएको छ,’धन्न शेरबहादुर प्रधानमन्त्री भएछन् । प्रधानाध्यापक भएका भए सधैँ थर्ड ब्वाइलाई फर्स्ट ब्वाइ बनाइदिने रहेछन् ।’नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार