नेपाल मगर संघ नमुना इकाईको अध्यक्षमा प्रकाश पुनमगर

पोखरा । नेपाल मगर संघ, नमुना इकाई समिति, पोखरा–१४, चाउथे, कास्कीको अध्यक्षमा प्रकाश पुनमगर सर्वसम्मत चयन हुनुभएको छ । पुन यसअघि, समितिको कोषाध्यक्ष हुनुहुन्थ्यो ।संघको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट उपाध्यक्षमा हेमन्त रेगामीमगर, सचिवमा दिलु पुनमगर, सह–सचिवमा टिकाकुमारी थापा मगर र कोषाध्यक्षमा दुर्गा श्रीसमगर चयन हुनुभएको छ ।

त्यसैगरी, सदस्यहरूमा दीपा थापामगर, तेजेन्द्र पुनमगर, कृष्ण रेगामीमगर, सुमित्रा थापामगर, दिलु फगामीमगर, सूर्यकला थापामगर, कृष्णबहादुर रेगामीमगर, भीम श्रीसमगर, लक्ष्मण थापामगर र दुर्गा काउचामगर चयन हुनुभएको छ ।यसैबीच, नवनिर्वाचित समितिको पहिलो बैठकबाट पाँच जना सल्लाहकार समेत मनोनयन गरेको छ । जसमा सु. बलबहादुर थापामगर, बुद्धिबहादुर पुनमगर, ओम श्रीसमगर, शिव थापामगर र खडकबहादुर थापामगर रहनुभएको छ ।

साथै, समितिको आर्थिक उपसमिति संयोजकमा कृष्ण रेगामीमगर, सदस्यहरूमा ओमबहादुर थापामगर, विष्णु पुनमगर र सुर्जु थापामगर रहनुभएको छ । त्यस्तै, सांस्कृतिक उपसमिति संयोजकमा दिलु फगामीमगर, सदस्यहरूमा रत्न बुढाथोकीमगर, अमृता पुनमगर र भीमबहादुर काउचामगर रहनुभएको छ ।यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले हरेक क्षेत्रमा मगर समुदायको पहुँच र प्रतिनिधित्व जरुरी रहेको बताउनुभयो ।

मगर समुदायको भावनामा ठेस पुग्ने गरी काम नगर्न र अभिव्यक्ति नदिन सबैसँग अपिल गर्दै अध्यक्ष पुनमगरले मगर समुदायको आफ्नै गौरवशाली इतिहास र सभ्यता रहेको उल्लेख गर्नुभयो । मगर समुदायलाई राजनैतिक र प्रशासनिक क्षेत्रको निर्णायक तहमा पु¥याउन नेतृत्व विकास गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले नेपालको हरेक राजनैतिक परिवर्तनमा मगर समुदायले बलिदानीपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरले मगर महिलाहरूलाई नेतृत्व विकास गर्दै अघि बढ्ने आग्रह गर्दै हरेक काममा मगर महिलाहरू अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीसमगर, नेपाल मगर संघ, कास्कीका संगठन विभाग प्रमुख क्या. भक्तबहादुर पुनमगर, कदममार्ग चाउथे एकाइ समितिकी अध्यक्ष सुनमाया आलेमगर, छिनेडाँडा एकाइ समितिका अध्यक्ष सु. दलबहादुर थापामगर, सल्लाहकार सु. बलबहादुर थापामगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मगर भाषा प्रशिक्षकका रुपमा समाजलाई महत्वपूर्ण योगदान दिएको भन्दै भाषा प्रशिक्षकद्वय रूद्रबहादुर श्रीसमगर र विनु मसराङ्गीमगरलाई सम्मान गरिएको थियो ।

नेपाल मगर संघ, नमुना एकाइ समितिका निवर्तमान अध्यक्ष ओम श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शिव थापामगर र उपाध्यक्ष विना थापामगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट सदस्यका रुपमा नैना दर्लामीमगर, अध्यक्ष ओम श्रीसमगर, उपाध्यक्ष विना थापामगर, सचिव शिव थापामगर, संघको स्थापनामा योगदान दिएको भन्दै सदस्य रत्नकुमारी बुढाथोकीमगर एवं कलाकारहरूलाई सम्मान गरिएको थियो । अधिवेशनले निवर्तमान अध्यक्ष ओम श्रीसमगर, सचिव शिव थापामगर र कोषाध्यक्ष प्रकाश पुनमगरले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार