![](https://myagdinews.com/wp-content/uploads/2022/05/sunita-dangol.jpg)
काठमाडौँ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)बाट उम्मदेवार बन्नुभएका सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौँ महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलब लिएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने उजुरीमा दाबी गरिएको छ ।डंगोलविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को कसुरमा सजाय गराइ उहाँले प्राप्त गरेको रकम तथा जरीबानासमेत असुल गराउन निवेदनमा माग गरिएको छ । नागरिक खबरबाट