नेपाल एयरलाइन्सले वाइडबडी जहाजमा वाइफाइ राख्दै

काठमाडौं । नेपाल एयरलाइन्सले आफ्ना दुई वटा वाइडबडी जहाजमा वाइफाइ राख्ने भएको छ । अन्तर्राष्ट्रिय उडानका यात्रुलाई नेपाली आकासमा समेत इन्टरनेट सुविधा प्रदान गर्न सकिने गरी नेपाल दूरसञ्चार प्राधिकरणले नीति ल्याएसँगै निगमले वाइडबडी जहाजमा यस्तो सुविधा राख्न लागेको जानकारी दिएको छ ।

वाइडबडी जहाजमा उच्च गुणस्तरको इन्टरनेट सुविधा राख्न इन्जिनियरिङ मेन्टिनेन्स विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरी काम भइरहेको निगमले जनाएको छ । जहाजमा वाइफाई प्रणालीको जडानबाट यात्रुलाई थप सुविधा प्राप्त हुने र यसले यात्रुको निगमसँगको सन्तुष्टिमा वृद्धि हुने अपेक्षा कम्पनीको छ । जसबाट थप यात्रु आकषिर्त गर्न सहयोग पुग्ने समेत निगमले उल्लेख गरेको छ ।

आकासमा छँदा इन्टरनेट सुविधा उपयोग गर्न पाउने गरी विदेशी एयरलाइन्सहरुले भने यसअघि नै यस्तो प्रणाली जडान गरिसकेका छन् । दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त नभएका कारण यसअघि जहाज नेपाली आकासमा छिरेसँगै इन्टरनेट सञ्चालनको अनुमति थिएन । अन्तर्राष्ट्रिय उडानमा निगमसँग कुल चार वटा जहाज छन् । जसमा दुई वाइडबडी र दुई न्यारोबडी जहाज छन् । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार