बोलेर भन्दा काम गरेर देखाउँछु : श्रेष्ठ

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौंमा रहेको टोखा नगरपालिकाको नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यतिबेला घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ ।

टोखा नगरमा निष्ठावान्, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति चुनावमा आफ्नो पक्षमा माहोल बनाउन जनताको घरदैलोमा भोट माग्दै हिडिरहनुभएको हो । टोखाका नगरको विकास र समृद्धिका लागि इमान्दार र निष्ठाको साथ काम गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । जनताको सेवामा आफू सधै लाग्ने बताउँदै उनले आफूले वाचा गरेका कुरा पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

‘बोलेर होइन काम गरेर देखाउँछु’, उहाँले भन्नुभयो । विभिन्न सामाजिक संस्थाहरुको सफलतापूर्वक नेतृत्व गरिसकेका श्रेष्ठले आफुले काम गर्ने योजनाहरु सार्वजनिक गनुृभएको छ । उहाँ राजनीतिलाई सेवाको रुपमा लिनुहुन्छ र भन्नुहुन्छ, ‘म जनताको सेवाको लागि आएको हो, म जनताको सेवक हुँ ।’ उहाँले आफुले गर्ने कामलाई मुख्य रुपमा आठ कुरालाई उठाउनुभएको छ ।

समावेशिता र उत्कृष्टताको सिद्धान्तलाई लागु गर्ने, समृद्ध र सुन्दर टोखा नगर सांस्कृतिक तथा कृषि पर्यटन, प्रकृतिमैत्री उद्योग, फोहोरको दिगो व्यवस्थापन, नदीहरूको सफाई, वृक्षारोपण तथा हरियाली पार्कहरु निर्माण गर्ने, शान्ति र सुरक्षा नगरको आकांक्षा सुरक्षा निकायहरुलाई सशक्त बनाउँदै टोल सुधार समितिहरुलाई संस्थागत गरी शान्ति र सुरक्षाकी लागि स्थानिय तहबाट नै सुधारका कार्यक्रमहरु लागु गर्ने रहेका छन् ।

साथै सामुदायिक हितका कार्यक्रमहरुलाई प्राथमिकतामा राष्ट्रिय गौरवका कार्यक्रमहरु निर्माण गरी लागु गर्ने, सांस्कृतिक र मौलिक शहरको रुपमा परिचित गराउने सांस्कृतिक खोज तथा अनुसन्धान गरी विभिन्न माध्यमबाट यसको प्रचार प्रसार गर्ने, सांस्कृतिक पर्यटनको विकासलाई प्राथामिकतामा राखि काम गर्ने पनि उहाँले बताउनुभएको छ ।

त्यसका साथै सुशासनको प्रत्याभुति दिलाउने पनि उहाँले बताउनुभएको छ । त्यसैगरी सुचना हक स्थापित गराउने, सूचनाको हक नागरिकको मौलिक अधिकार भएकोले नगरका सबै गतिविधिमा सूचनाको पहुँच पु¥याउने, जेष्ठ नागरिक, युवा र बालबालिका तीन पुस्ताको खुशीको लागि प्रभावकारी कार्यक्रमहरु निर्माण गरी लागु गर्ने उहाँका प्राथमिकता रहेका छन् । टोखा नगरलाई इमान्दारिताका साथ नमुना नगर बनाउन आफू प्रतिबद्ध रहेका बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार