देउवाले फकाउँदा पनि सकारात्मक छैनन् जगन्नाथ पौडेल

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई निर्वाचनमा निष्क्रिय पार्न भन्दै भरतपुरमा हुनुहुन्छ । पौडेललाई निष्क्रिय पारेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी माहोल बनाउन देउवाले चाहनुभएको छ ।

उहाँले पौडेलसँग छलफलसमेत गरेको कांग्रेसका एक नेताले जानकारी दिनुभयो । पौडेल भने सकारात्मक निष्क्रिय हुन सकारात्मक भइसकेका छैनन् । देउवाले उनलाई ‘कन्भिन्स’ पार्न भने प्रयास गरिरहेको ती नेताले बताउनुभयो । तर, काँग्रेस जिल्ला सभापति राजेश्वर खनालले भने पौडेलसँग छलफल गर्ने भन्ने सुनेको र पौडेल सकारात्मक कि नकारात्मक भए भन्ने जानकारी नभएको बताउनुभयो ।

‘सभापतिज्यूले भेट्ने भन्ने कुरा चाहिँ सुनेको थिएँ । तर, भेट भयो कि भएन र भेटमा निष्क्रिय हुन उहाँ (जगन्नाथ पौडेल) सकारात्मक हुनु भयो कि भएन भन्ने जानकारी छैन’, उहाँले भन्नुभयो । पौडेललाई १६ वैशाखमा उम्मेदवारी फिर्ता गराउन यसअघि गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई देउवाले पौडेलकै घरमा पठाउनुभएको थियो । उनीहरूले आग्रह पनि गरे तर पौडेल टसमस हुनुभएन ।

यसपछि भने नेता शंकर भण्डारीलाई पनि पौडेललाई भेट्न पठाउनुभयो । उम्मेदवारी फिर्तादेखि निष्क्रिय रहन अस्वीकार गर्दै आएपछि देउवा नै भरतपुर पुग्नुभएको हो । पौडेल १६ वैशाखकै पार्टीको साधारण सदस्यतासमेत उहाँ यसअघि राष्ट्रियसभा सदस्य भइसक्नुभएको छ । उहाँ गठबन्धनप्रति असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवार बन्नुभएको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार