केपी ओलीले म्वाई खाएपनि विष लाग्छ : नेता श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले म्वाई खाएपनि विष लाग्ने बताउनुभएको छ । बिहीबार चितवनको भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले अझै पनि केहीले केपी ओलीलाई आइ लभ यु केपी बा भन्ने गरेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो ।

उहाँले संघीयता लोकतन्त्र र संविधान खाने कुचेष्टा गरेको भन्दै त्यसबाट बचाउन वर्तमान सत्ता गठबन्धन बनेको बताउनुभयो । ‘केपी ओलीले संविधान, लोकतन्त्र र संघीयता खान खोजेकाले यो गठबन्धन बनाउन बाध्य भयौँ’ श्रेष्ठले भन्नुभयो, ‘यो गठबन्धन बनेपछि जनताको लहर बढेको छ । तर कतिपय मानिस अझै भ्रममा छन् । उनीहरु भन्छन्–आइ लभ यु केपी बा भन्छन् ।’

उहाँले ओलीलाई सर्पसँग तुलना गर्दै भन्नुभयो, ‘सर्पले दुध खाएपनि विष लाग्छ, ओलीले म्वाई खाएपनि विष लाग्छ ।’ उहाँले चितवनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गर्दै यो देशको कायापलटका लागि पनि गठबन्धनको विकल्प नभएको बताउनुभयो । गएको ५ वर्षमा भरतपुरको विकास हेर्दा रेनु दाहालको नेतृत्वमा विकासमा कायापलट हुन्छ भन्ने पुष्टि भएको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार