ब्रोकरको संख्या पुनरावलोकन हुन्छ : सीईओ कार्की

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन जरुरी रहेको बताउनुभएको छ ।पूँजी बजार विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेको भन्दै आवश्यक नीतिगत सुधारका प्रयास भइरहेको बताउनुभयो ।

ब्रोकर कम्पनी थप हुनुपर्ने विषय उठिरहेको भन्दै उनले यी विषयमा अध्ययन भइरहेको बताउनुभयो । चाडै ब्रोकर कम्पनीको संख्यामा पुनरावलोकन हुने उहाँले बताउनुभयो । बजारप्रति सर्वसाधारणको चासो राम्रो रहेको भन्दै यो पुँजी बजार क्षेत्रका लागि राम्रो कुरा भएको बताउनुभयो ।

नेपालको सेयर बजारमा युवा पुस्ताको सक्रियता रहेको भन्दै यो एउटा बजारको सकारात्मक पक्ष रहेको उहाँले बताउनुभयो । बजारलाई परिपक्व बनाउन सेयर बजार र आफूले किन्ने कम्पनीको बारेमा पूर्ण जानकार हुनुपर्ने उहाँले बताउनुभयो । प्रमुख कार्यकारी अधिकृतले पुँजी बजार विकासका लागि नीतिगत सुधार गर्न नेप्से तयार रहेको बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार