माओवादीबाट निर्वाचित वडा अध्यक्ष शेरचन नेकपा एमालेमा प्रवेश

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर ४ ओखरबोटका वडा अध्यक्ष दिलिपकुमार शेरचन नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएका शेरचन माओवादी परित्याग गरि नेकपा एमालेमा समाहित हुनुभएको हो ।

अध्यक्ष शेरचनलाई रुममा आयोजित नेकपा एमालेको चुनावी सभामा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, मालिका गाउँपालिका कमिटीका अध्यक्ष एवम् अध्यक्षका उम्मेदवार बेग प्रसाद गर्बुजा, गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, उपाध्यक्षका उम्मेदवार लक्ष्मी पुन मगर लगायतले फुलमाला सहित भव्य स्वागत गर्नुभएको छ ।शेरचन जिल्लाकै पाको र प्रभावशाली नेता हुनुहुन्छ ।

ओखरबोटमा माओवादी बाट निर्वाचित अध्यक्षले नै पार्टी छोडेपछि मालिकामा माओवादीलाई धक्का पुगको छ । स्थानीय तहको निर्वाचनको दिन नजिकिदै गरको अवस्थामा वडा अध्यक्ष शेरचनको प्रवेशले मालिकामा एमालेलाई सहज हुने दखिएको छ । शेरचन नेकपा एमालेको शुक्रबार ओखरबोटमा भएको चुनावी वडा सभामा पनि सहभागी हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार