देविस्थानमा कांग्रेसको चुनावी कार्यक्रम ,‘युवाहरुलाई रोजगारी दिने खालका योजना ल्याउनेछौं ’

दरबाङ । म्याग्दीको मालिकामा गाउँपालिका वडा नम्बर ५ देविस्थानमा कांग्रेसले चुनावी कार्यक्रम गरेको छ । शनिबार देविस्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै कांग्रेस म्याग्दीका पुर्व सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँले मालिकाको विकास ,सुशासन र समृद्धीको लागि कांग्रेसका उम्मेद्वारहरुलाई मत दिन आह्वान गर्नुभयो । कांग्रेसको नेतृत्वमा देशमा हरेक ठुला परिवर्तन सम्भब भएको बताउँदै उहाँले देशलाई राजनितिक स्थायीत्व प्रदान गर्न ,देशको विकास संगै सुशासन कायम गर्न कांग्रेसका जनप्रतिनिधिले जित्न आवश्यक रहेको दावी गर्नुभयो ।

गाउँपालिका अध्यक्षका उम्मेद्वार श्रीप्रसाद रोका मगरले पहिलो कार्यकालमा समर्ग विकासको जग बसाल्ने काम भएको उल्लेख गर्दैै आगमी कार्यक्रममा युवाहरुलाई रोजगारी दिने खालका योजना ल्याउने उद्घोष गर्नुभएको छ । २०७४ को निर्वाचनमा सबैको सहयोगले आफु निर्वाचित भएर पाँच बर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न गर्न सकेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले पहिलो कार्यकाल सिकाईमा वितेको बताउँदै अध्यक्षका उम्मेद्वार रोका मगरले आगमी कार्यकालमा विदेशिएका युवाहरुलाई स्देश फर्काउने र बेरोजगार युवालाई रोजगारी दिने खालका योजना ल्याउने बताउनुभएको छ । अघिल्लो कार्यकालमा समग्र विकासका जग बसाल्ने काम भएकोले आगमी कार्यकालमा ति अधुरा योजनाहरुलाई पुरा गर्ने ,युवाहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउन, समृद्ध पालिका निर्माणका लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो । उहाँले देविस्थानमा यसअघि वडाले विकास र सुशासनमा ठुलो छलाङ मारेको बताउँदै आगमी कार्यकालमा जलविद्युत ,कृषि ,पर्यटन र जडिबुटी क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘पहिलो कार्यकालमा सिकाई र विकासका जग बसाल्नमै समय वित्यो ,’उहाँले भन्नुभयो ,‘आगमी कार्यकालमा विदेशीएका युवाहरुलाई स्वदेशमै फर्काउने र बेरोजगार युवाहरुलाई रोजगारीको वातावरण बनाउने हामिले योजना बनाएका छौं ।’ उहाँले थप्नुभयो ,‘जलविद्युत ,कृषि ,पर्यटन र विभिन्न कार्यक्रम मार्फत युवाहरुलाई उद्यमशिल बनाउने र बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्ने खालका योजना ल्याउने छौं ।’

पाँच वर्षे कार्यकालमा विकासका आधारभुत सुरक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, केन्द्रीय प्रसारण लाइनको विद्युतको पहुँच नपुगेका बस्तीमा स्थानीय उत्पादित लघुजलविद्युतको स्तरोन्नती तथा दुर्गम बस्तीमा सोलार वितरण लगायत सुविधा दिन सकिएको निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहनुभएका अध्यक्षका उम्मद्वार रोका मगरले बताउनुभयो । गाउँपालिकामा भएका हरेक गतिविधिलाई पारदर्शी बनाउने ,सुशासन कायम गर्ने प्रयत्न गरेको गरेको उहाँको भनाई छ ।

आफ्नो कार्यकालमा सात वटै वडाबासीको माग अनुसार आफुले काम गरेको बताउँदै ठुला आयोजनाका लािग प्रदेश र संघ सरकारसंगको सहकार्यमा सम्बोधन गरेको बताउनुभयो । गाउँपालिकाले अनियन्त्रित कुनै तरिकाले बजेट वितरण नगरेको उहाँले बताउनुभयो । जनताको आवश्यकता र समस्या बुझेर आफुहरुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गाउँपालिका उपाध्यक्ष उम्मेद्वार पिपला बुढाले आफ्नो कार्यकालमा वडामा समग्र विकासको जग बसाल्ने र सुशासन कायम गर्ने प्रयत्न गरेको बताउनुभयो । उहाँले वडा अध्यक्षको भुमिकामा रहँदा सबै वडाबासीको अपेक्षा,माग र आवश्यकता बुझेर आफुले काम गरेको बताउनुभयो । गाउँपालिकालाई थप विकसित ,सुशासन र समृद्ध बनाउन आफुले उम्मेद्वारी दिएको बताउनुभयो ।

निवर्तमान वडा नम्बर ५ की वडा अध्यक्ष समेत रहनुभएकी उपाध्यक्ष उम्मेद्वार बुढाले गाउँपालिकामा महिलाहरुले पाउने सेवालाई सरल बनाउँदै न्यायीक सेवालाई समेत प्रभावकारी बनाउने उहाँले योजना सुनाउनुभयो । वडा अध्यक्षका उम्मेद्वार मिम पुनले वडाको समग्र विकास, वडाबासीको समस्या ,आवश्यकता बुझेर आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निवर्तमान वडा सदस्य समेत रहनुभएका वडा अध्यक्षका उम्मेद््वार पुनले वडाले पहिलो कार्यकालमा सडक सञ्जाल विस्तादेखि शिक्षा,स्वास्थ्य ,खानेपानी ,विद्युत लगायत क्षेत्रमा ठुलो उपलब्धी हासिल गरेको बताउँनुभयो ।

वडामा अधुरा योजनाहरुलाई पुरा गर्ने ,सुशासन कायम गर्ने ,युवा स्वरोजगार कार्यक्रम ,आफ्नो निजि लगानीमा खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउने ,पुख्र्यौली पेशालाई संरक्षण ,स्वास्थ्यचौकीलाई प्रविधिमैत्री बनाउने ,कला संस्कृतीको संरक्षण ,सबैखाले विभेद हटाउने ,पर्यटन प्रवद्र्धन लगायत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कांग्रेस प्रदेशसभा खका सभापति तथा वडा नम्बर १ का वडा अध्यक्ष उम्मेद्वार टंकप्रसाद पुन , मालिका गाउँपालिका  चुनाव प्रचारप्रसार संयोजक मोहन छन्त्याल ,कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुन ,प्रचारप्रसार सदस्य लेकबहादुर पुन ,वडा सदस्य राजमति बुढा ,वडा सदस्य उम्मेद्वार तुल्सी पुर्जा,सरिता विक लगायतले बोल्नुभएको थियो । वडा इकाई सभापति भक बहादुर घर्ति मगरले स्वागत गर्नुभएको कार्यक्रमको संचालन कांग्रेस प्रदेशसभा खका सचिव हिराबहादुर पुनले गर्नुभएको थियो । शनिबार विहान वडा नम्बर ४ को सिस्नेरीमा पनि कांग्रेसले चुनावी कार्यक्रम सम्पन्न गरेको थियो ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार