ज्योतिषीका कुरा निकाल्दै ओलीले भने: वैशाख ३० मा सत्ता गठबन्धनलाई ढाडै भाँचिने खड्गो छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ पछि सत्तागठबन्धन नरहने ज्योतिषहरूले बताएको दाबी गर्नुभएको छ । आज एमाले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनका क्रममा उनले राजनीति हेर्ने ज्योतिषी र ग्रह दशा हेर्ने ज्योतिषीहरूले गठबन्धनका अगाडि महासंकट उत्पन्न हुने बताएको उल्लेख गर्नुभएको छ ।

‘ग्रहदशा र राजनीति हेर्ने ज्योतिषी हुन्छन्। अहिले दुबै ज्योतिषीहरू गठबन्धनका अगाडि महासंकट उत्पन्न हुँदैछ भन्छन्। यो ज्योतिषीहरूका कुरा हो। होइन भने प्रधानमन्त्रीज्यूले ठ्याक्कै ठ्याक्कै मिलाउने उहाँको ज्योतिषीलाई बोलाएर सोधे हुन्छ,’ ओलीले भन्नुभयो, ‘गठबन्धन रहन्छ र रहन्न भन्ने मेरो कुरा होइन। ज्योतिषीहरूका अनुसार गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो त यही वैशाख ३० हो । यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ। कस्तो दिन छानेर राख्नुभएछ। वैशाख ३० मा उहाँहरूलाई हुनसम्म हुन्छ, ढाड नै भाँचिने गरी भन्ने ज्योतिषीहरूको कुरा, म ज्योतिषी होइन।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार