गठबन्धनसँगै कुनै सिद्धान्त छैन, एमालेविरुद्ध मोर्चाबन्दी मात्रै हो : पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धनको कुनै विचार, सिद्धान्त नभएको बताउनुभएको छ । आइतबार नेकपा एमाले त्रियुगा नगरपालिका उदयपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले गठबन्धनको कुनै राजीतिक मान्यताहरु नभएको केवल एमालेविरुद्ध मोर्चाबन्दी खडा भएको बताउनुभयो ।

पोखरेलले राष्ट्रिय राजनीतिमा दुई ओटा केन्द्र देखा परेको बताउँदै अबको स्थानीय तहको निर्वाचनमा जनताले एउटा केन्द्रलाई रोज्नु पर्ने बताउनुभयो । गठबन्धनलाई धुलो चटाउँदै यो निर्वाचनमा नेकपा एमालेले ६० प्रतिशत जित निकाल्ने उहाँले बताउनुभयो । त्यस्तै, पोखरेलले एमालेको नेतृत्व बिना मुलुकका राजनीतिक स्थायित्व, आर्थिक विकास, सुशासन र समृद्धि असम्भव रहेको पोखरेलले दाबी गर्नुभयो ।

पोखरेलले प्रतिगामी सोच भएका, देशको चुच्चे नक्सालाई बुच्याउने, समानता नचाहनेसँगको एमालेको लडाइँ भएकाले, यो अभियानमा साथसहयोग दिन सबै जनतालाई अपिलसमेत गर्नुभयो ।नेपालको समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको भन्दै उहाँले अहिले एमालेविरुद्ध सबै शक्ति एक भएका कारण एमालेका आस्थावानहरू एकजुट हुनुको विकल्प नरहेको उल्लेख गर्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार