जिम्बाबे ‘ए’विरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । जिम्बाबे ‘ए’विरुद्धको शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । त्रिवि मैदानमा पानी जमेपछि ढिला गरी टस भएको खेल ३३ ओभरमा झारिएको छ । खेल साढे १२ बजेदेखि सुरु हुँदैछ ।

आजको खेलमा नेपाली टिममा दुई परिवर्तन गरिएको छ । यसअघि शनिबार भएको दोस्रो खेलमा नेपालले जिम्बावे ‘ए’लाई ९ विकेटले पराजित गरेको थियोे । त्यसअघि पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । आजको नतिजाबाट शृंखला विजेताको टुंगो लाग्नेछ ।

तीन खेलको टी–२० शृंखलापछि यी दुई टोली एकदिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी–२० शृंखलामा दुवैले एक(एक खेल जित्दै शृंखला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

नेपालको सुरुवाती–११
सन्दीप लामिछाने (कप्तान), वरिस अहमद, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, सुनिल धमला

अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार