वीरगञ्जको नाकामा भारतीय सशस्त्र सीमा बलसहितको संयुक्त गस्ती

पर्सा । पर्साको वीरगञ्जस्थित नेपाल भारत सीमानामा गएराति १२ बजेबाट बन्द गरिएको छ । स्थानीय तह निर्वाचन अवधिभर सीमा नाका बन्द हुन्छ । नाकाबाट हुने आवतजावत रोक्नका लागि नेपालका मात्र नभएर भारतीय सुरक्षाकर्मीले पनि संयुक्त ‘बोर्डर पेट्रोलिङ’ गरिरहेका छन् ।

काउण्टरपार्टसँग बैठक बसेर संयुक्त पेट्रोलिङ गर्ने निर्णय गरिएको पर्साका एसपी रमेश बस्नेतले बताउनुभयो । वीरगञ्जस्थित मुख्य नाका र सहायक नाकाहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलले संयुक्त गस्ती गरिरहेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार