असार पहिलो साता ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै

काठमाडौँ । आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलोसाता दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको छ । ह्वावेले आयोजना गर्न लागेको कन्क्लेभ असार ४ र ५ गते द सोल्टी काठमाडौंमा हुनेछ ।

यस कार्यक्रममा नेपालको सफ्टवेयर क्षेत्रको कम्पनि ‘इन्फोडेभलपर्स’ इन एसोसिएसन समेतको सहभागीता रहनेछ । कन्क्लेभमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट ६० जना र अन्य ७ सय जनाभन्दा बढीको सहभागीता रहने छ ।डिजिटल रुपान्तरणको लागि डिजिटल नेपाल कन्क्लेभको नारा सहित आयोजना हुने यस कार्यक्रममा विभिन्न १५ बढि महत्वपुर्ण सेसनहरु रहेका छन् ।

कार्यक्रममा डिजिटल नेपालको एजेण्डा र अवधारणाहरुमा वृहत छलफल हुनेछ । नेपाल सरकारले रुपान्तरणकारी परियोजनाको रुपमा अघि बढाएको डिजिटल नेपाल फ्रेमवर्कलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयनमा लान सकिन्छ भन्ने सन्दर्भमा कन्क्लेभ केन्द्रित रहने बताइएको छ । यस कार्यक्रममा डिजिटल नेपालको अभियान, डिजिटल रुपान्तरणको प्रयास, नविनतम प्रविधिहरु र यसका अभ्यासहरुसँग जोडेर सान्र्दभिक बहसहरु सञ्चालन गरिने आयोजक आइसिटी फाउण्डेशन नेपालका अध्यक्ष राजन लम्सालले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार