मेरो नामका नक्कली ट्विटर ह्यान्डलमार्फत गलत सूचना सम्प्रेषण हुँदैछ : घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा खुलेका नक्कली ट्विटर ह्यान्डलबाट अफवाह फैल्याउने काम भइरहेको बताउनुभएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नो नाम र तस्बीर प्रयोग गरी खोलिएका नक्कली ट्विटर हृयान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाउनुभएको छ ।

‘मेरो आधिकारिक ट्वीटर हृयान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर हृयान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली हृयान्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु,’ घिसिङले विज्ञप्तिमा भन्नुभएको छ ।

उहाँले निर्वाचन आयोगबाट स्थानीय तहको निर्वाचनका लागि जारी भएका आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरु नगर्न अनुरोध गर्नुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार