धनगढी । बैतडीमा मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ परेका छन्।सुर्नया गाउँपालिका–२ वासुदेव मावि लिस्किटा मतदान केन्द्रमा सोही ठाउँका मोहनराम विकमाथि कुटपिट गर्ने उनीहरू पकाउ परेका हुन्।
पक्राउ पर्नेमा सोही ठाउँका विक्रम विष्ट, हरजीत विष्ट, दिनेश विष्ट र संग्राम विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो। उनीहरूले मतदान केन्द्रमा गएका बेला लखेटेर लात्तीले हानेको घाइते मोहन विकले बताए। घाइते बिक अस्पतालमा उपचाररत छन्। सेतोपाटीबाट