
बेनी । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमकी ३० वर्षीया मनकुमारी दर्जीलाई घाँटीको क्यान्सर पुष्टि भएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएको छ । तर विपन्न परिवारमा उपचारका लागि आवश्यक रकम जुटाउन कठिन भएपछि सहयोगको अपिल गरिएको छ ।
टेकबहादुर दमाईकी बुहारी तथा सुनिल दर्जीकी श्रीमती मनकुमारीको उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएपछि विपन्न परिवार आर्थिक सहयोगको खोजीमा पुगेको हो । नियमित आम्दानीको भरपर्दो स्रोत नभएको परिवारले अप्रेसनसँगै औषधि तथा अन्य उपचार खर्च जुटाउन कठिन भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
मनकुमारीको उपचारका लागि वडा कार्यालयले समेत सहयोग जुटाउन सिफारिस गरेको छ । परिवारजनले मनकुमारीको जीवनरक्षाका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली, संघसंस्था, समाजसेवी तथा शुभेच्छुकलाई आफ्नो क्षमताअनुसार सहयोग गरिदिन आग्रह गरेको छ ।
सहयोग गर्न चाहनेले निम्न खातामा रकम जम्मा गर्न सक्नेछन् ।
खातावाला: टेकबहादुर दमाई (ससुरा)
खाता नं: ०३१८६०५२४३४४४०१०
बैंक: कृषि विकास बैंक लिमिटेड, बेनी, म्याग्दी
सम्पर्क: ९७६४५१४३५०





































