
भक्तपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब देश दुई दलीय प्रणालीतर्फ जाने देखिएको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र शान्ति माविबाट मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले अब मुलुक दुई दलीय प्रणालीतर्फ अघि बढेको प्रतिक्रिया दिनुभयो। ‘एमाले एकातिर, गठबन्धन अर्कातिर। मूलतः देश दुई दलीय प्रणालीतिर जाने देखियो,’ उहाँले भन्नुभयो ।
उहाँले यो निर्वाचनमा अत्यन्तै अपेक्षित परिणाम आउने दाबी गर्नुभयो । ‘केही छिटपुट घटनाबाहेक देशभर जनताको असाधारण उत्साहका साथ मतदान भइरहेको छ,’ ओलीले भन्नुभयो, ‘यस निर्वाचनले अत्यन्तै अपेक्षित परिणाम ल्याउँछ भन्ने आशा गरेको छु। जनताको विजयलाई कसैले रोक्न सक्दैन।’ प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन रोक्न अन्तिमसम्म पनि प्रयास गरेको भन्दै त्यो उहाँको प्रयास असफल भएको बताउनुभयो ।‘देउवाजीले आज डडेल्धुरामा मतदान गर्नुभयो।
उहाँले अस्ती ९ वैशाखमा मात्रै चुनाव सारौँ भन्ने औपचारिक प्रस्ताव मसँग गर्नुभएको थियो। मैले कुनै पनि हालतमा निर्वाचन सार्ने प्रयास हुँदैन भनेपछि उहाँ पछि सर्नु भएको हो,’ ओलीले भन्नुभयो‘नभए उहाँहरूको मनासय चैतमा चुनाव गर्ने थियो।’देउवाले गरेको उक्त प्रस्तावबारे कसैसँग कुरा नगरेको भन्दै अहिले सार्वजनिक गरेको बताएउनुभयो।आगामी चैतमा चुनाव गर्ने गरी अहिलेको गठबन्धन नै लागिपरेको भन्दै एमालेको कारण चुनाव सार्न नसकेको बताएउनुभयो। setopati