गोकर्णेश्वर नगरपालिकाका तीन वडामा एमालेको ‘क्लिन स्वीप’

काठमाडौँ । काठमाडौको गोकर्णेश्वर नगरपालिकाका १,२ र ३ वडामा भएको मतदानमा एमालेका वडाध्यक्षका उम्मेदवारको प्यानल नै विजयी भएका छन् ।

विजयी हुने वडाध्यक्षहरुमा १ बाट द्वारिका श्रेष्ठ, २ बाट मधु तामाङ र ३ बाट मुरारी कुँइकेलको प्यानल विजयी भएको हो । श्रेष्ठले १४२८ मत ल्याएर विजयी बन्दा काँग्रेसका वडाध्यक्षका उम्मेदवारले ९३९ मतमात्र पाएका छन् ।

त्यसैगरी वडानम्बर २ मा तामाङले १२०७ मत ल्याउदै विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवारले ८२७ मत पाएका छन् । ३ मा कुइँकेलले १३९८ प्राप्त गरेर विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै किरण विष्टले १०४४ मत मात्र पाएका छन् । यो नगरपालिकामा तीन वडाको मत गनिसक्दा मेयर र उपमेयरमा पनि एमालेकै उम्मेदवारले अग्रता कायम गरेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार