रघुगंगा–५ झिँमा कांग्रेसको प्यानल नै बिजयी

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपलिका वडा नम्वर ५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा मनबहादुर शेरपुजा सहितको प्यानल विजयी भएको हो । अध्यक्ष्मा निर्वाचित गर्वुजाले ३६८ मत ल्याउदा प्रतिस्पर्धी नेकपा एमालेलेका वडा अध्यक्षका प्रत्यासीले २५३ मत प्राप्त गरेका छन् ।वडासदस्यमा कांग्रेसका डिलु थजाली, धनमाया गोतामे घाताने, रामबहादुर थजाली र डम बहादुर रोका निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

वडानम्वर ५ कोे मतगणना सकिदाँ गाउँपालिका अध्यक्षमा भवबहादुर भण्डारीले २ हजार ७ सय ४२, एमालेका प्रेमबहादुर कार्कीले २ हजार २ सया ७३ र माओवादीका मिना विश्वकर्माले ८७७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा एमालेकी यामकुमारी गर्वुजाले २ हजार २२० , माओवादीका रिम कटुवालले १ हजार ७१९ र कांग्रेसकी प्रेमकुमारी पुनले २ हजार ३१ मत प्राप्त गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार