सिरहामा काँग्रेसका बागीले जिते चुनाव

सिरहा । सिरहा नगरपालिका वडा नम्बर २१ मा नेपाली काँग्रेसका बागी उम्मेदवार सुरेन्द्रकुमार मण्डल विजयी हुनुभएको छ । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्रकुमार मण्डल ३३ मतअन्तरले विजयी हुनुभएको हो । स्वतन्त्र रूपमा हाँस चुनाव चिह्न लिएर चुनाव लडेका मण्डलले चार सय ७० मत प्राप्त गर्नुभएको छ । कांग्रेस वडा समितिको सिफारिसमा क्षेत्रीय संसदीय समितिले मण्डललाई टिकट दिने निर्णय गरेको थियो ।

तर, मेयरका उम्मेदवार तथा मधेस प्रदेश महामन्त्री उपेन्द्र यादवले उहाँलाई टिकट दिनुभएन। पार्टीबाट टिकट नपाएपछि उहाँ स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका बालेश्वर यादवले चार सय ३७, जनता समाजवादी पार्टी नेपालका हिन्दकेश्वर लाल कर्णले चार सय १२, नेपाली कांग्रेसका ताराकान्त यादवले चार सय १२ र नेकपा एमालेकी परमेश्वरीदेवी मण्डलले दुई सय ७१ मत प्राप्त गर्नुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार