काठमाडौंमा मतगणनास्थल बढाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने भएको छ । पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु गरिएको थियो । सोमबार दिउँसोसम्म पाँच ठाउँमा गणनास्थल छ । यसलाई पनि बढाएर सात पु¥याउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिनुभयो ।

मत गणनामा ढिलाइ भएको गुनासो आएपछि गणनास्थल थपेर सात पुर्‍याउन लागिएको उहाँले बताउनुभयो । जति सक्दो छिटो परिणाम दिनेमा प्रतिवद्ध रहेको बताउँदै उहाँले भन्नुभयो, ‘स्थान बढाएर हुन्छ कि, कर्मचारी थप्न पहल गरेर हुन्छ कि, के गरेर हुन्छ छिटो छरितो गराउने कुरामा म एकदमै प्रतिवद्ध छु ।’हाल वडा नम्बर ३, ४, ५, ३१ र ३२ को मतगणना जारी छ । वडा नम्बर १ र वडा नम्बर २ को अन्तिम परिणाम सार्वजनिक भैसकेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार