विराटनगरमा आफ्नै कार्यकर्ताले गरे कांग्रेसका केन्द्रीय सदस्यमाथि हातपात

विराटनगर । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका छन् । मंगलबार बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले हातपात गरेका हुन् । व्यावसायी समेत रहनुभएका अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुनुहुन्छ। सो वडामा नेपाली कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित हुनुभएको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट विराटनगर–१५ को अध्यक्ष जित्नुएका उहाँ कांग्रेस प्रवेशपछि वडा नम्बर १७ को उम्मेदवार बन्नुभएको थियो । आलम जसपाका उम्मेदवार समिम कमर मियाँसँग ५०६ मतले पराजित हुनुभएको थियो । कमर १४५० मतसहित विजयी हुँदा आलमले ९४४ मत प्राप्त गर्नुभयो ।आफ्ना पार्टीको उम्मेदवार हराउन भूमिका खेलेको आरोप लगाउँदै कार्यर्कताले उहाँमाथि हातपात गर्नुभएको थियो ।

अन्सारीले मंगलबार आफ्नै घरमा निर्वाचन समीक्षा छलफल राख्नुभएको थियो । छलफलका क्रममा उहाँमाथि हातपात भएको हो । हातपात भएको विषयमा आलमले इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिनुभएको छ । प्रहरीले दुवै पक्षसँग छलफल गरेको छ ।अन्सारीले आफूमाथि गुण्डाको समूहले आक्रमणको प्रयास गरेको बताउनुभयो । आफूलाइ २–४ जना सहकर्मीले बचाएको उहाँले बताउनुभयो । पार्टी हारेका विषयमा आफू दुःखी रहेको बताउँदै उहाँले भननुभयो,‘ मार्ने नै प्रयास भयो ।’

नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार असलम आलमले भने अन्सारी माथि हातपात नभएको बताउनुभयो । उहाँका अनुसार मंगलबार अन्सारीको घरमा चुनावी समीक्षाका बैठक बसेको थियो । बैठकमा कांग्रेस नेताले नै अन्य उम्मेदवारलाई सहयोग गरेको विषय निस्किएपछि सामान्य विवाद भएको उहाँले बताउनुभयो । ‘छलफलका क्रममा सामान्य विवाद भएको हो,’ आलमले भन्नुभयो,‘ हातपात भएको छैन ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार