काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा निजी क्षेत्रको अभियानलाई बजेटमा समेटेको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले सञ्चालन गरेका दुई छुट्टाछुट्टै अभियान बजेटमा समेटिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघले अघि बढाएको ‘मेड इन नेपाल’ र नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल’ अभियानलाई बजेटमा समेटेको हो । सरकारले यसका लागि आफ्नै उत्पादन आफै उपभोग अभियान समेत अघि बढाएको छ ।अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रले अघि बढाएका ती दुई अभियानलाई सरकारले सहयोग उपलब्ध गराउने घोषणा गर्नुभयो । रातोपाटीबाट