बजेट चुनावमुखि छैन जसपा, बजेट वितरणमुखी भयो लोसपा

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालकी सांसद रेनुका गुरुङले सरकारको आगामी आर्थिक वर्षको बजेटलाई चुनावी बजेट भन्नु सान्दर्भिक नहुने बताउनुभएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले सरकारले प्रस्तुत गरेको आ.व.२०७९/८० को बजेटलाई पपुलिष्ट तथा चुनावी बजेट भन्नु सन्दर्भिका नहुने बताउनुभएको हो। उहाँले राज्यको दायित्वको रुपमा किसानलाई पेन्सन योजना, मृगौला प्रत्यारोपण तथा पक्षघात भएका विरामीलाई

औषधि उपचारको लागि खर्च, भूमिहीनलाई आवास निर्माण, जेष्ठ नागरिकलाई सामाजिक सुरक्षामा वृद्धि र राष्ट्रसेवक कर्मचारीको तलबमा वृद्धि गरिएको स्पष्ट पार्नुभयो । उहाँले यो बजेटले जनताको आर्थिक तथा सामाजिक स्तरमा अभिवृद्धि गर्न, स्वदेशमा औद्योगिक उत्पादन बढाउन, आयात घटाउन, निर्यात वृद्धि गर्न र पूर्वाधारमा लगानी बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

त्यसैगरी प्रतिनिधिसभा बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिल कुमार झाले बजेट वितरणमुखी भएको बताउनुभयो । आगामी संघ र प्रदेशको निर्वाचनका लागि कार्यकर्ता केन्द्रीत गरेर बजेट ल्याइएको उहाँले बताउनुभयो । उहाँले नदी नियन्त्रण, तटबन्ध तथा बाँध निर्माण, पुनःनिर्माणको विषयलाई बजेटमा प्राथमिकता नदिएको भन्दै आपत्ति जनाउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार