एसपीपीबारे प्रधानमन्त्रीले संसद्‍मा जानकारी दिनुपर्छ : थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) बारे जानकारी दिनुपर्ने बताउनुभएको छ । उहाँले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवाले संसद्‍लाई जानकारी दिनुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले संसद्‍मा यो विषय उठेको सम्झौता कसको पालामा नेपाल छिरेको र सम्झौताको मर्मबारे जानकारी दिनुपर्ने बताउनुभयो । ‘सेनाका प्रवक्ता भन्नुहुन्छ यसबारे केही जानकारी छैन,’ थापाले भन्नुभयो, ‘सबै पक्ष आ–आफ्ना दाबी गरिरहेका छन् । त्यसैले सरकारले संसदमा उभिएर वास्तविकताबारे जानकारी दिनुपर्छ ।’

नेपालले केही समयअघि अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान लिन सहमति जनाएको थियो । र, यस्तो विकासे अनुदान अमेरिकाजस्तै अन्य मुलुकसँग पनि लिनुपर्छ । थापाले भन्नुभयो, ‘तर, नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्नुहुँदैन । चाहे त्यो छिमेकी मुलुक होस् वा शक्ति तथा मित्र राष्ट्रसँग पनि सेना साझेदार गर्न मिल्दैन ।’ रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ स्थित रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१,तिप्ल्याङ स्थित कालिका माध्यमिक…

thumbnail

रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगायो

म्याग्दी । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर…

thumbnail

आगामी निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन भुसालको माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…